काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती गरेको बालीनालीको बीमा हुने वा नहुने, बीमा दाबी भुक्तानी लिन बीमित स्वंयम भौतिक रुपमा उपस्थित हुन पर्ने वा नपर्ने लगायतका गुनासो स्थानीयले गरेका छन् ।
साथै, कार्यक्रममा नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपंक्षीको बीमा गर्न जिल्ला तोकिएको कम्पनीले शाखा कार्यालय स्थापना नगरेको र बीमा सेवा प्रदान नगरेको, कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी बीमितले कति समय भित्र गर्नुपर्ने, जीवन बीमाको कति किस्ता भुक्तानी गरे पछि बीमितले रकम फिर्ता पाउँछ लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ


































