National life

भन्सार छलेर ल्याइएको ३ लाख बराबरको सामान बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
642Shares
भन्सार छलेर ल्याइएको ३ लाख बराबरको सामान बरामद
ncell

काठमाडौँ । नेपालगन्जमा भन्सार छलीको करिब ३ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा भन्सार छली गरेर ल्याइरहेको उक्त सामान बरामद गरेको हो। भारतबाट नेपालमा भन्सार छलेर ल्याइएको सामान नेपालगन्ज ४ बसपार्कस्थित गोविन्द महतको घर अगाडी बरामद गरिएको थियो।

बरामद गरिएको सामानमा २५ किलोको चामल ८५ बोरा , २५ किलोको चिनी ९१ बोरा, चकलेट ५ बोरा, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेसिन १ थान रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार बरामद गरिएका सामान करिब २ लाख ९२ हजार २५० रुपैयाँको हाराहारीमा रहेको छ । उक्त सामान थप कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?