National life

भूगर्भ सिमेन्टको साधारण सभा आह्वान आईपीओ निष्कासनदेखि यस्तो छ एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
673Shares
भूगर्भ सिमेन्टको साधारण सभा आह्वान आईपीओ निष्कासनदेखि यस्तो छ एजेण्डा
ncell

काठमाडौँ। आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले साधारण सभा आह्वान गरेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते आइतबारका लागि सभा आह्वान गरेको हो ।

उक्त सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा नियमनकारी निकायबाट अनुमति लिई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गर्दै सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै गत आवको वार्षिक प्रतिवेदनका साथै वित्तीय विवरणहरू समेत पारित गरिनेछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेतमा जारी पुँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासनको तयारी गरेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यस कम्पनीले ओपिसी (भूगर्भ सिमेन्ट) तथा पिपिसी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ । यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओपिसी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पिपिसी सिमेन्ट रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?