National life
cg eloctronics

मध्यपूर्व द्वन्द्वका कारण श्रीलंकाको अर्थतन्त्र जोखिममा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1.9kShares
मध्यपूर्व द्वन्द्वका कारण श्रीलंकाको अर्थतन्त्र जोखिममा
muktinatha bikash bank

काठमाडौँ। श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले भविष्यप्रति जोखिम रहेको एक अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीले बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति गरेको बताए।

उनका अनुसार सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२६ को फेब्रुअरीमा मुद्रास्फीति करिब १।६ प्रतिशत रहेको छ। साथै, देशको ऋण पुनर्संरचना लगभग पूरा भइसकेको र वैदेशिक मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले आगामी मार्च १२ देखि चैत २६ सम्म एक टोली श्रीलंकाको भ्रमणमा जाने र आर्थिक नीतिबारे छलफल गर्ने बताए । उक्त भ्रमणको उद्देश्य विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाँचौं र छैटौं समीक्षा पूरा गर्नु रहेको छ।

साथै, उक्त टोलीले श्रीलंकाली अधिकारीहरूसँग भेटघाट गरी मध्यपूर्व द्वन्द्वको सम्भावित आर्थिक प्रभावबारे थप जानकारी लिने र भविष्यमा सहयोग कसरी जारी राख्ने भन्ने विषयमा अद्यावधिक मूल्यांकन प्रस्तुत गर्ने बताइएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?