National life

माओवादी केन्द्रले भूकम्प पीडितलाई ५० लाख दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
1.3kShares
माओवादी केन्द्रले भूकम्प पीडितलाई ५० लाख दिने
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको राहत र पूनर्निमाणको लागि ५० लाख दिने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको हाे ।

आजको बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि ५० लाख दिने निर्णय गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० लाख दिने निर्णय गरेको छ ।

शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?