काठमाडौँ । मारुती सिमेन्ट लिमिटेडले विभिन्न स्थानका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ग्राहक सम्पर्क स्थापनाका लागि सेल्स ट्रेनी माग गरेको हो।
कम्पनीले स्नातक वा सो सरहको अध्ययनका साथै सोही क्षेत्रमा अनुभवीलाई प्राथमिकता दिइने जनाएको छ। आवेदकको आफ्नै सवारी साधन ड्राइभिङ लाइसेन्स हुनुपर्ने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
रोजगारीका लागि इच्छुकले govindjha@maruticements.com मा आवेदन दिन सक्नेछन् । कार्यक्षेत्र विराटनगर, धरान, इटहरी, इनरुवा, इलाम, वीरगन्ज, राजविराज, जनकपुर, सप्तरी र सिराहा हुने कम्पनीले जनाएको छ ।

































