काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिनिधि सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो।
सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त सञ्चालक पदको बाँकी कार्यकाल सम्मका लागि सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ।

































