National life

मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने: यी हुन मापक शर्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
724Shares
मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने: यी हुन मापक शर्त
ncell

काठमाडौँ। आन्तरिक राजस्व विभागले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने भएको छ।

विभागले आज एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो।

विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन,२०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागको नियम बमोजिम निजको बैंक खातामा फिर्ता गरिने निर्णय गरेको छ ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह र रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?