काठमाडौँ । यस साता दुई दिन मात्रै सेयर बजार भएको छ । बजार सामान्य गिरावट आएर बन्द भएको हो । तिहारको ५ दिन लामो बिदा सकिएर खुला भएको बजारमा मङ्गलवार र बुधवार मात्रै कारोबार भएको थियो ।
दुई दिनमा नेप्से परिसूचक २.०९ अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको छ।
३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा समाज लघुवित्तको ९.९५ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ९.५१ प्रतिशत, गुराँस लघुवित्तको, ९.३२ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.७५ प्रतिशतले शेयर मूल्य बढेको थियो ।
साताको अन्तिम कारोबारका दिन बुधवार सेयर बजार १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको थियो। उक्त दिन ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको थियो । कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उक्त दिन बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली छाएको हो। उक्त दिन नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको थियो। साथै, उक्त कारोबारका दिन सानिमा जिआइसी इन्स्योरेन्सको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ, नेपाल एसबिआइ बैंक ऋणपत्र २०८९ को १५ करोड ७५ लाख र सम्वृद्धि फाइनान्सको २३ करोड ७५ लाख १४ हजार रुपैयाँ, कारोबार भएको थियो ।
तिहार बिदा लगत्तै शेयर बजारको बढोत्तरी पर्खेर बसेका लगानीकर्तालाई बजारले निराश बनाएको छ । बिना कारण बजारले गिरावट लिँदा लगानीकर्तामा निराशा चुलिएको हो ।


































