National life
cg eloctronics

युनाइटेड अजोड इन्सुरेन्सको नाफामा बढोत्तरी,यस्तो छ कम्पनीको वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
979Shares
युनाइटेड अजोड इन्सुरेन्सको नाफामा बढोत्तरी,यस्तो छ कम्पनीको वित्तीय अवस्था
muktinatha bikash bank

काठमाडौँ : युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले धेरै हो। गत वर्ष यसले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

वित्तीय विवरण अनुसार उक्त आम्दानी १० करोड ८२ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ  पुगेको छ। त्यसै गरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दाबी भुक्तानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ। गत वर्ष ४१ करोड ४६ लाख रुपैयाँ थियो ।

everest bank

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ । युनाइटेड अजोडको बिमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। पुससम्म यसले ४४ करोड ४० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८५.३६ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले २३ करोड ९५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ७४ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?