National life

ग्लोबल आइएमई लघुवित्तद्वारा ३ करोड बढी खुद नाफा आर्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
669Shares
ग्लोबल आइएमई लघुवित्तद्वारा ३ करोड बढी खुद नाफा आर्जन
ncell

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २६.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४ करोड ८६ लाख रुपैयाँ भएको छ।

पहिलो त्रैमासमा संस्थाले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले बढेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो।

खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो चार्ज ३ करोड ८४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ८ प्रतिशतले घटेर ५० करोड ४३ लाख रुपैयाँमा खुम्चिन पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५४ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको वार्षिकीकृत ईपीएस बढेर २१.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.३६ रुपैयाँ थियो। पीई रेसियो ३९.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१.८५ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?