National life

रोकिएन तरलता थुप्रिनेक्रम: आज ५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
663Shares
रोकिएन तरलता थुप्रिनेक्रम:  आज ५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिनेक्रम नरोकिएसँगै केन्द्रीय बैंकले ५० अर्ब तरलता खिच्ने भएको छ।

केन्द्रीय बैंकले आज (कात्तिक २५ गते) २१ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिच्न लागेको हो। यसका लागि बैंकले आईतवार ३ बजे बोलकबोल गर्ने भएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

केन्द्रीय बैंकले यसअघि १ गते १ खर्ब, ७ गते ४० अर्ब, २१ गते १ खर्ब रुपैयाँ तरलता खिचेको छ । यता, राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?