National life

लघु जीवन बीमा कम्पनीको साउन महिनाको व्यापार ३ करोड ७० लाख, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
477Shares
लघु जीवन बीमा कम्पनीको साउन महिनाको व्यापार ३ करोड ७० लाख, कुनको कति ?
ncell

काठमाडौँ। तीन वटा लघु जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ३ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

आज नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बीमा पोलिसी बिक्री गरेर उक्त रकम बराबरको व्यापार गरेका हुन् । तीन लघु जीवन बीमा कम्पनी मध्येमा गार्डियन माइक्रो लाइफले सर्वाधिक व्यापार गरेको छ । उक्त कम्पनीले २ लाख २७ हजार ४६१ बीमा पोलिसी बिक्री गरी १ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, साउन महिनामा क्रेष्ट माइक्रो लाइफले ६ हजार ८९३ वटा बीमा पोलिसी बिक्री गर्दै १ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणलेको तथ्याङ्क अनुसार तेस्रो लघु जीवन कम्पनी लिवर्टी माइक्रो लाइफले साउन महिनामा ७ हजार ६४३ वटा बीमा पोलिसी बिक्री गर्दै ५१ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?