काठमाडौं । सातको चोथो कारोबारका दिन आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । पछिल्लो केहि दिन यता शेयर बजारमा उत्साह छाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ ।
बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ।
आज समृद्धि फाइनान्स, मिड शोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति खुकुलो आउने बताएसँगै शेयर बजारमा लगानीकर्ता हौसिएका मान्न सकिन्छ ।



































