काठमाडौँ । लाभांश प्रस्ताव पारित गर्न प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते बुधवार वार्षिक साधारण सभा डाकेको छ।
सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेटिएको छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ ।

































