National life

वाणिज्य बैंकहरुको नाफा ३३.६८ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
896Shares
वाणिज्य बैंकहरुको नाफा ३३.६८ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ?
ncell

काठमाडौँ । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुले १७ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् ।

विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाल सञ्चालनमा रहेका बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, उक्त अवधिमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त अवधिमा ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । एनएमबि बैंकले एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गर्दा एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।

असोज मसान्तसम्ममा सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सर्वाधिक नाफा बढाउन अन्य बैंकहरुमा भने लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंक रहेका छन्।

२० वटा वाणिज्य बैंकहरुको वितरण योग्य नाफा २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यद्यपि, यसपालि पनि चार वटा वाणिज्य बैंकहरुको वितरण योग्य नाफा भने ऋणात्मक नै रहेको देखिन्छ समीक्षा अवधिमा ७ वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ। ११ वटा बैंकले पहिलो त्रैमासिकमा आफ्नो नाफा वृद्धि गर्दा ९ वटा वाणिज्य बैंकहरुको नाफा भने घटेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
896SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?