काठमाडौँ– बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६० अर्ब निक्षेप संकलन भएको छ। नेपाल राष्ट्र बैंकको असोज ३० गतेको तथ्यांक अनुसार उक्त निक्षेप संकलन भएको हो । असोज २९ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको थियो ।
वाणिज्य बैंकहरुको निक्षेप संकलनमा समेत उक्त समयमा २७ अर्बले बढेको देखिएको छ। असोज २९ गते ५८ खर्ब ९७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ३० गते ५९ खर्ब २४ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।
वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि २३ अर्बले बढेको छ । गत २९ गते ४६ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ३० गते ४६ खर्ब ८३ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.१४ प्रतिशत कायम भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
































