National life

वाणिज्य बैंकहरुले एक महिनामा कमाए ९अर्ब नाफा,ग्लोबल र नबिल बैंक शिर्ष स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
898Shares
वाणिज्य बैंकहरुले एक महिनामा कमाए ९अर्ब नाफा,ग्लोबल र नबिल बैंक शिर्ष स्थानमा
ncell

काठमाडौं। हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा नौ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले उक्त रकम नाफा आर्जन गरेका हुन् ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । साउन मसान्तसम्ममा ग्लोबलले ८९ करोड २४ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सर्वाधिक नाफा कमाउने दोस्रो स्थानमा नबिल बैंक रहेको छ बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै ८० करोड ३३ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ। त्यस्तै, उक्त अवधिमा कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

साथै, हिमालयन बैंकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख नाफा कमाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?