National life

"वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा उल्लेख्य प्रगति"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
705Shares
"वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा उल्लेख्य प्रगति"
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगानाले वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा उल्लेख्य प्रगति भएको बताएकी छिन् । राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले ती क्षेत्रमा पछिल्लो समय उल्लेखनीय प्रगति भउको बताएकी हुन् ।

देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुँदा वित्तीय पहुँचमा वृद्धि भएको ढुगांनाको भनाइ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढिरहेको उनले जिकिर गरिन् ।

"अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भएको छ । आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापन जन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ", उनले थपिन्, "उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेका छन् ।"

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?