National life

विदेश जाँदा ठगिमा परेका १९ जनाले पाए ३४ लाख बढी रकम फिर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
652Shares
विदेश जाँदा ठगिमा परेका १९ जनाले पाए ३४ लाख बढी रकम फिर्ता
ncell

काठमाडौँ । वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनाले रकम फिर्ता पाएका छन् । उनहिरुले सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा उक्त ठगिएको रकम फिर्ता पाएका हुन ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमका एक सदस्यले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसै गरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरूप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एक दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको सामी सम्बद्ध उनको भनाई छ ।

सम्झौताअनुरूप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु पाँच लाख क्षतिपूर्तिबापतका रूपमा उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

मृतकका परिवारलाई रु दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्”, “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी रु एक लाखदेखि रु सात लाखसम्म पाउने व्यवस्था रहेको सुरक्षित आप्रवासन परियोजनाले जनाएको छ ।  “उक्त आवमा रु ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्”।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?