National life

विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गर्दै एमसीसी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
1.3kShares
विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गर्दै एमसीसी
ncell

काठमाडौ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र हेटौंडा- ११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको जानकारी दिएको छ।

घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ ।

साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा- ११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२१ दिने सूचना प्रकाशन गरी मुआब्जा तथा क्षतिपूर्तिका लागि निबेदन माग गरिएको हो ।

प्रशासनले जग्गा रोक्का हुनेहुँदा अधिग्रहण हुने क्षेत्रमा कुनै पनि संरचना थप्ने काम नगर्न पनि अनुरोध गरेको छ । प्रसारण लाइनको टावर निर्माण गर्ने प्रयोजनका लागि हेटौंडा-११ मा कृष्णप्रसाद सुबेदी, राममणि ढुंगाना र प्रमोदसिंह रानाभाटको जग्गा अधिग्रहरणमा परेको छ ।

साबिक नामटारमा कृष्णबहादुर नेगीको जग्गामा टावर राखिने जनाइएको छ । साबिक कालिकाटार र बसामाडीमा पनि २र२ जनाको जग्गा अधिग्रहणमा परेको प्रशासनले जनाएको छ । अधिग्रहणमा परेको जग्गामा निर्माण भएका घरटहरा, अन्य संरचना, रुख बिरुवाको मुआब्जाका लागि निबेदन माग गरिएको हो।

३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन अन्तर्गत हेटौंडा- ११ थानाभर्‍याङमा ४०० केभी क्षमताको ‘इण्डोर ग्यास इन्सुलेटेड सब(स्टेसन’ निर्माण गरिएको छ ।

एमसीए नेपाल विकास समितिको अनुुसार नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेसन, तनहुँमा नयाँ दमौली सब(स्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सब-स्टेसन निर्माण गरिनेछ । आयोजनाअन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुरको हेटौंडा(११ थानाभर्‍याङ सब-स्टेसनमा जोडिनेछ।

झन्डै तीन हजार मेगावाट भन्दा बढी ९विद्युत० बोक्ने ४०० किलो भोल्टको हाइ क्यापासीटी ९प्रसारण० लाइन हो । यो काठमाडौंको उत्तरपूर्व लप्सीफेदीदेखि नुवाकोटको रातमाटे सब(स्टेसनसम्म र त्यहाँबाट दुईवटा लाइन एउटा हेटौंडा जान्छ भने अर्को दमौली जाने एमसिए नेपालले आफ्नो वेवसाइटमा जनाइएको छ ।

‘दमौलीबाट ८० किलोमिटर दक्षिणतर्फ गएर नवलपरासीस्थित नयाँ बुटवल सब(स्टेसनमा पुग्छ र २२ किलोमिटर अझै दक्षिण हुँदै भारतसँगको सीमामा पुग्छ’, यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड(सर्किट टावरसहित० हुनेछ ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब(स्टेशन (जीआईएस० निर्माण गरिनेछ। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब(स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब(स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब(स्टेशन निर्माण गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?