National life

विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
649Shares
विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढ्यो
ncell

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा घिसिङले कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।

विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाएका हुन् । प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँकाे सुविधा दिइने घोषणा गरिएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने भएका छन् । त्यस्तै घिसिङले प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?