National life

लाइन काटिएका उद्योगहरूमा पुनः लाइन जोडिदिने प्राधिकरणको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
893Shares
लाइन काटिएका उद्योगहरूमा पुनः लाइन जोडिदिने प्राधिकरणको निर्णय
ncell

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केहि हप्ता अगाडि उद्योगहरुमा काटिदिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।

आज बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय प्राधिकरण सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय गरेको प्राधिकरण सञ्चालक समितिको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?