National life

विद्युत बिक्री सम्झौता टुङ्गो लगाउन कुलमान घिसिङ आज बङ्गलादेश जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
1.2kShares
विद्युत बिक्री सम्झौता टुङ्गो लगाउन कुलमान घिसिङ आज बङ्गलादेश जाँदै
ncell

काठमाडौँ ।  विद्युत् बिक्री सम्झौता विषय टुङ्गो लगाउन नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ आज बङ्गलादेश प्रस्थान गर्ने भएको छ।

विद्युत् बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रूप दिनका लागि प्राधिकरण प्रमुख घिसिङ सहितको टोली त्यसतर्फ जान लागेको हो। प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत् बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रपोजल पेश गरिसकेको छ ।

प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो पाँच वर्षसम्मको सम्झौता गरी नेपालले बङ्गलादेशतर्फ भारत हुँदै बिजुली निर्यात गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली खरिद गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रस्तावित गरेको मूल्य बाहेक भारतीय प्रसारण लाइन प्रयोग गरे बापतको थप शुल्क बङ्गलादेशले तिर्नुपर्ने छ । त्यस कारण बङ्गलादेशले ८ रुपैयाँ २४ पैसा भन्दा महँगोमा बिजुली किन्दा लागत उच्च पर्ने बताउँदै आनाकानी गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?