काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
आज कात्तिक २३ गते कार्यालयले एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षसम्मको अवधिका लागि कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।
कार्यालयले ४ वटा ठेकेदार कम्पनीलाई साढे दुई वर्ष, २ वटा कम्पनीलाई दुई वर्ष, ५ वटा कम्पनीलाई साढे १ वर्ष र ७ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीदका कारवाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ।



































