National life

व्यापारिक स्वार्थी समूह र विचौलियाबाट धितोपत्र बोर्डलाई जोगाउन माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
346Shares
व्यापारिक स्वार्थी समूह र विचौलियाबाट धितोपत्र बोर्डलाई जोगाउन माग
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थी समूह र विचौलियाबाट जोगाउन नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले माग गरेको छ ।

संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा एक गहन जिम्मेवारी बोकेको संगठित संस्था रहेको भन्दै पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुमा धितोपत्र बोर्ड र बोर्डकै नेतृत्वको बद्नाम हुने गरि सार्वजनिक सञ्चारमाध्यममा खबरहरु सार्वजनिक भइरहेको बताएको छ ।

साथै उसले यसतर्फ बोर्डबाट कुनै खण्डन हुन नसकेकोमा चिन्तित भएको पनि बताएको छ । विज्ञप्तिमा बजार लगातार ओरालो लागेको तथा अर्थतन्त्रका सूचकहरु सन्तोष जनक नभएको अवस्थामा बोर्ड नेतृत्व स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्वन्धमा गम्भिर ध्यान आकर्षण भएको उल्लेख छ ।

Royal Enfield
nic asia capital

साथै संगठनका अध्यक्ष नारायण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बारम्बार धितोपत्र निस्कासनमा विवादास्पद समाचार सुन्नु परेकोमा मर्माहित भएको भन्दै धितोपत्र बोर्डका कर्मचारीहरुमा भय र त्रासको वातावरण सृजना भएको र स्वतन्त्र तरिकाले काम गर्ने मिलाउन भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
346SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?