काठमाडौं । साताको चौथो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा आजभने ब्रेक लागेको छ ।
अघिल्लो दिन मंगलबार उछाल आएको नेप्से परिसूचकमा आज भने गिरावट आएको छ । बुधबार बजार २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३११ कम्पनीको ४ करोड ६ लाख ८४ हजार ७२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १६ करोड ७९ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा ११ उपसूचक राताम्मै भएको छ।
बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार, बोटलर्स नेपाल (तराई) लिमिटेड, एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

































