काठमाडौँ। साताको पहिलो कारोबारका दिन निरन्तर ओरालो लागेको शेयर बजारको यात्रामा ब्रेक लागेको छ।
बजार बिना कारण ओरालो लाग्दा लगानीकर्तामा चरम निराशा पलाएको समयमा अर्थमन्त्री नेप्सेकै कार्यालयमा पुगेर बजारमा देखिएको निरन्तर गिरावटको विषयमा चासो देखाएसँगै बजारले ओरालो यात्रामा ब्रेक लगाएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ।
आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
सातको पहिलो कारोबारका दिन आइतबार नौ वटा उपसूचक हरियाली भएको छ । यस दिन बैंकिङ समूहको १.०१ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

































