National life

शेयर बजारमा उच्च अंकको सुधार: सबै उपसूचक हरियाली कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
838Shares
शेयर बजारमा उच्च अंकको सुधार: सबै उपसूचक हरियाली कारोबार कति ?
ncell

काठमाडौँ । यस साताको दुई दिन घटेको बजारको यात्रामा ब्रेक लगाउँदै आज शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्सेमा १ सय अंकको बढोत्तरी भएको छ । बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको छ ।

नियामक निकाय समेत सकारात्मक रहेको र शेयर बजारका लागि आवश्यक सूचक सकारात्मक बन्दै गएको हुँदा बजारले लय नै लिने देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दशैंको मुखमा आएर बजारमा देखिएको सुधारले लगानीकर्तालाई हौसाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ। आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन १३ वटै उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ समूहको ३.८२ प्रतिशत, फाइनान्स समूहको ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै आज २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज एनएलजी इन्स्योरेन्स र हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ। नेपाल फाइनान्स, सिईडिबी हाईड्रोपावर, अपी पावर, शिवम सिमेन्टस, अरुण भ्याली, एनआरएन इन्फ्रास्क्चर, कुमारी बैंकको सर्वाधिक कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
838SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?