काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । दुई दिनसम्म उकालो लागेको बजारमा आज गिरावट आएको हो ।
बजारमा नाफा बुक गर्ने प्रवृत्तिले आजको गिरावटलाई स्वाभाविक मानिएको छ । पछिल्ला दिनहरूमा बजार निरन्तर सुधारको क्रममा रहेकाले यो गिरावटले दीर्घकालीन रुपमा बजार बढ्नमा सहयोग गर्ने जानकारहरूको धारणा छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १० उपसूचकमा राताम्य लागेको छ । आज बैंकिङ समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको १.९४ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ । बजारमा गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

































