काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । यो सँगै तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको हो । लगानीकर्ताहरुले सकारात्मक सुधारको अपेक्षा गरेको भएपनि बजारमा भने ओरालो लागेको छ ।
दिनभरी सुधारको संकेत गरेको शेयर बजारले अन्तिम समयमा ओरालो लाग्न पुगेको हो।
आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.५८ प्रतिशत,विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।
आईतवार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज महुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड शोलु हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सर्किट लागेको हो । आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स, एनएलजी इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि, नेपाल फाइनान्स, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

































