National life

शेयर बजारमा चमक: परिसूचक २८६० बिन्दुमा, २५ अर्ब बढीको ऐतिहासिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
632Shares
शेयर बजारमा चमक: परिसूचक २८६० बिन्दुमा, २५ अर्ब बढीको ऐतिहासिक कारोबार
ncell

काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा हरियाली देखिएको छ । बढ्दो शेयर लगानीकर्ताहरुमा देखिएको उत्साह र उच्च मनोबलका कारण बजार निरन्तर उकालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९४.५३ अकंले बढेर २८६०.९१ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको शेयर कारोबार भएको छ ।

https://aarthikvoice.com/archives/40734

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.३५ प्रतिशत, विकास बैंक समूहको २.५८ प्रतिशत, फाइनान्स समहको ३.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९० प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत, इन्भेष्टमेन्ट समहको ४.१२ प्रतिशतसहित १३ वटै उपसूचक बढेका छन् ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीले १ अर्ब ५२ करोड २ लाख ४७ हजार रुपैया बराबरको कारोबार गरेको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १ अर्ब १६ करोड ६४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

साथै, निफ्राको ६८ करोड २७ लाख ८० हजार रुपैयाँ, नेपाल फाइनान्सको ५९ करोड ७४ लाख ३४ हजार रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?