National life

शेयर बजारमा दोहोरो अंकको वृद्धि: कारोबारमा रौनक, यी हुन बजार बढ्ने आधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
650Shares
शेयर बजारमा दोहोरो अंकको वृद्धि: कारोबारमा रौनक, यी हुन बजार बढ्ने आधार
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव आएको बजार अन्ततः दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अकंले बढेर २७५८.०४ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको हो । यसदिन ९ उपसूचकमा हरियाली देखिएको छ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज हाइड्रोपावर समूहको ०.९६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ । यस्तै, बजार बढ्नलाई यति बेला केही आधारहरू तय भएका छन् । मुख्य कुरा बैंक ब्याजदर घटेको छ भने बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ। यही कारणले सेयर बजारमा माहोल सकारात्मक हुन सक्ने जानकारहरूको भनाई छ ।

मुद्दति निक्षेपमा समेत निकै कम मात्र ब्याज पाइने भएकाले निक्षेपकर्ताहरू विकर्षसित भइरहेको अवस्था छ। यसको प्रत्यक्ष फाइदा सेयर बजारले उठाउन सक्ने देखिन्छ। केन्द्रीय बैंकले यसअघि कसिएका थुप्रै नीति–नियमहरू क्रमशः खुकुलो पार्दै आएको छ । यद्यपि, अझै पनि केही नीतिगत अवरोधहरू कायम नै रहेका छन् ।

तर आगामी दिनमा ती प्रावधानहरूमा पनि लचकता प्रदर्शन हुन सक्ने विश्वास गरिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च बनाउन नीतिगत सुधारहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यस दिन ३ सय १४ कम्पनीको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?