National life

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
597Shares
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा बढोत्तरी
ncell

काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । लगातार दुई दिनको गिरावटपछि अघिल्लो दिन सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो ।

आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कारोबार भएका ३२४ वटा कम्पनीको एक करोड ५७ लाख ४२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आज फाइनान्स र ट्रेडिङ इन्डेक्स मात्र वृद्धि भएको छ । यी बाहेक अन्य सबै इन्डेक्सहरु राताम्मे बनेका छन् । बुधवार ७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १५५ वटाको शेयर मूल्य घटेको छ ।

नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४३ करोडको शेयर कारोबार भएको छ ।

नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घटेको छ । विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटेको हो । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढेको छ ।

त्यस्तै, कुमारी बैंक, साहस उर्जा, समृद्धि फाइनान्स, हिमालयन डिष्टिलरी, नेपाल एसबीआई बैंक, गुडबिल फाइनान्स, नाग्दी गुप्र, प्रभु बैंक लगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?