काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । लगातार दुई दिनको गिरावटपछि अघिल्लो दिन सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो ।
आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ।
अघिल्लो दिनको तुलनामा शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आज फाइनान्स र ट्रेडिङ इन्डेक्स मात्र वृद्धि भएको छ । यी बाहेक अन्य सबै इन्डेक्सहरु राताम्मे बनेका छन् । बुधवार ७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १५५ वटाको शेयर मूल्य घटेको छ ।
नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४३ करोडको शेयर कारोबार भएको छ ।
नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घटेको छ । विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटेको हो । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढेको छ ।
त्यस्तै, कुमारी बैंक, साहस उर्जा, समृद्धि फाइनान्स, हिमालयन डिष्टिलरी, नेपाल एसबीआई बैंक, गुडबिल फाइनान्स, नाग्दी गुप्र, प्रभु बैंक लगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

































