National life

शेयर बजारमा दोहोरो अंकको बढोत्तरी: ५ अर्ब ३४ करोड बढीको कारोबार, सूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
979Shares
शेयर बजारमा दोहोरो अंकको बढोत्तरी: ५ अर्ब ३४ करोड बढीको कारोबार, सूचक हरियाली
ncell

काठमाडौँ । सातको दोस्रो कारोबारका दिन शेयर बजारमा सुधार आएको छ । तीन दिनसम्मको लगातारको ओरालो यात्रालाई ब्रेक गर्दै आज बजारमा बढोत्तरी आएको हो ।

शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक छन् । नियामक निकायहरू समेत बजारलाई लिएर जिम्मेवार नै रहेको बेला अब बजारले गति लिने विश्वास आम लगानीकर्ताहरूको रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ। आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचकमा हरियाली आएको छ। यस दिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको ३.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

त्यस्तै,सम्वृद्धि फाइनान्सको २४ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस कम्पनी कारोबारको आधारमा दोस्रो स्थानमा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?