National life

शेयर बजारमा फर्कियो रौनक : १३ वटै उपसूचक हरियाली, भदौ यताकै उच्च कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
645Shares
शेयर बजारमा फर्कियो रौनक : १३ वटै उपसूचक हरियाली, भदौ यताकै उच्च कारोबार
ncell

काठमाडौँ। पछिल्लो केही दिन यता खुम्चिएको शेयर बजारमा आज हरियाली देखिएको छ । साताको पहिलो कारोबारका दिन बजारमा आएको रौनकसँगै कारोबारमा समेत बढोत्तरी आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अकंले बढेर २७३८.०६ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन कारोबार रकम उच्च बन्न पुगेको छ । भदौ अन्तिम महिनापछिको यो नै उच्च कारोबार हो । मौद्रिक नीतिको पहिलो समीक्षा मिति नजिकिएसँगै बजारले सुखद यात्रा तय गरेको छ । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको, नीतिहरू समेत सुधार हुँदै गएको कारण बजारले निरन्तर उचाइ लिने लगानीकर्ताको विश्वास छ ।

बजारमा हरियाली आउँदा १३ वटै उपसूचकमा बढेको छ । यसदिन बैंकिङ समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको २.७१ प्रतिशत, फाइनान्स समूहको २.४८ प्रतिशत, होटल तथा पर्यटनको ०.९६ प्रतिशतसहित १३ वटै उपसूचक बढेका हुन्।

आज बजारमा वृद्धि आउँदा गुराँस लघुवित्त, श्रीजनशील लघुवित्त, सुपरमाई हाइड्रोपावर, बलेफी हाइड्रोपावर नारायणी डेभलपमेन्ट बैंक, र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?