National life

शेयर बजारमा फेरि हरियाली: १४ अर्ब १३ करोड बढीको कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
734Shares
शेयर बजारमा फेरि हरियाली: १४ अर्ब १३ करोड बढीको कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शुक्रवारका दिन मौद्रिक नीति सार्वजनिक हुने भएसँग शेयर बजारका लगानीकर्तामा हौसला थपिएको छ ।

शेयर बजारका लगानीकर्ताले लामो समयदेखि मौद्रिक नीतिमार्फत कसिएको नीति खुकुलोको माग गरी रहेका छन् । बिहीबार बजार ३२ अंकले बढेर २५६८ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ ।

बिहिबार बैंकिङ समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको १.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशत, जीवन बीमा समूहको ०.७१ प्रतिशत र निर्जीवन बीमा समूहको २.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी सानिमा जिआइसी इिन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ७९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?