काठमाडौँ। साताको चौथो कारोबारका दिन शेयर बजारमा रौनक आएको छ। बजारमा आएको रौनकले लगानीकर्तामा उत्साह थपेको हो । बजारले अब नयाँ रेकर्ड राख्ने तर्क लगानीकर्ताहरुले गर्दै आइरहेका छन् । आज कारोबार रकमले निकै ठुलो फड्को मारेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । बुधबार बैंकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको ३.२१ प्रतिशत, फाइनान्स समूहको ८.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको ४१ करोड ९ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

































