National life

शेयर बजारमा रौनक: ९ अर्ब १३ करोड बढीको कारोबार, परिसूचक २३ सयमाथि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
742Shares
शेयर बजारमा रौनक: ९ अर्ब १३ करोड बढीको कारोबार, परिसूचक २३ सयमाथि
ncell

काठमाडौँ । अघिल्लो दिन ओरालो लागेको शेयर बजारमा रौनक देखिएको छ। अर्थमन्त्री पौडेलले पदभार गरेसँगै शेयर बजारमा हरियाली छाएको छ ।

पदभारका क्रममा अर्थमन्त्री पौडेलले शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका थिए। उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या देखिएको र अब भने पुँजी बजारलाई देशको अर्थतन्त्रको मेरुदण्ड रुपमा हेरिने समेत बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अकंले बढेर २३१०.५९ बिन्दुमा कायम भएको छ। आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

आज १२ उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ४.९४ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ ।

साउन महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । ब्याजदर ओरालो लाग्दा शेयर बजार माथि जान बल पुगेको छ । लामो समयपछि परिसूचक २३ सय बिन्दु माथि उक्लिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?