National life

शेयर बजारमा सामान्य अंकको बढोत्तरी: १९ अर्ब बढीको कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
668Shares
शेयर बजारमा सामान्य अंकको बढोत्तरी: १९ अर्ब बढीको कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार झिनो अंकले बढेको छ । दिनभर उतारचडाव आएको बजार अन्तिम समयमा आएर सामान्य अंकको सुधार आएको हो । उक्त दिन बजार ५.७४.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अंकले बढेर २९७४.४६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सात वटा उपसूचक हरियाली भएको छ ।

आज सबैभन्दा बढी शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख ९५ हजार रुपैयाँ, ज्योति विकास बैंकको ३७ करोड ४४ लाख ३१ हजार रुपैयाँ कारोबार भएको हो ।

यस दिन सात उपसूचक वृद्धि हुँदा ६ वटा उपसूचक घटेको छ । विकास बैंक उपसूचकमा ४.५२ प्रतिशतको उछाल आएको छ । भने ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा सूचीकृत १३२ वटा कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंक ८.१५ प्रतिशत, महालक्ष्मी विकास बैंक ६.८३ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?