काठमाडौं । यस साताको चौथो कारोबारका दिन शेयर बजारमा एकल अंकको सुधार आएको छ । लगानीकर्ताको मनोबल बिस्तारै बढेसँगै बजारले गति लिन थालेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अकंले घटेर २७११.७५ बिन्दुमा कायम भएको छ।
आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो।
यसदिन ९ उपसूचकमा हरियाली आएको छ । विकास बैंक समूहको ३.३८ प्रतिशत, फाइनान्स समूहको १.६६ प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको छ।
आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको हो ।

































