National life

श्रीनगर एग्रोटेकको आईपीओ आवेदन अवधि दुई दिन थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.1kShares
श्रीनगर एग्रोटेकको आईपीओ आवेदन अवधि दुई दिन थप
ncell

काठमाडौँ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले भदौ ११ देखि २५ गतेसम्मको निर्धारित अवधि थप गरी अब भदौ ३० र ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो।

देशमा उत्पन्न विषम अवस्थाका कारण दरखास्त लिन असुविधा भएकाले र स्थानीय बासिन्दाको आग्रहलाई ध्यानमा राखी आवेदन अवधि बढाइएको कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट साउन १३ गते कम्पनीलाई रु।

Royal Enfield
nic asia capital
३२ करोड ६२ लाख ५० हजार बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिइएको थियो।

यसअन्तर्गत १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदनका लागि नबिल बैंक, एनएमबी बैंक र ग्लोबल आइएमई बैंकका तानसेन तथा फरसाटिकार शाखाबाट सुविधा उपलब्ध हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी भइसकेकाले दोस्रो चरणमा आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?