National life

सरकारलाई राजस्व उठाउन सकस,गत वर्ष भन्दा २ अर्ब कम राजस्व संकलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
710Shares
सरकारलाई राजस्व उठाउन सकस,गत वर्ष भन्दा २ अर्ब कम राजस्व संकलन
ncell

काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा गत वर्ष भन्दा २ अर्ब रुपैयाँ कम राजस्व संकलन भएकाे छ । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा ४ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ । आन्तरिक राजस्व विभागले गत वर्ष जेठ मसान्तसम्म ४ खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जेठ मसान्तसम्म विभागले लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ ।

चालू आर्थिक वर्षको जेठ महिनामा गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन भएको छ । विभागले जेठमा गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

गत वर्ष जेठ महिनामा ३२ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने विभागले चालू आर्थिक वर्षको जेठ महिनामा ३६ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै विभागले साउनमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो, भने कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

त्यस्तै मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

त्यस्तै फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ९८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

चैतमा ८३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा विभागले ५५ अर्ब २ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको थियो ।

त्यस्तै बैशाखमा ५१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?