National life

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, पुस २६ गते छैटौँ वार्षिक सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
1.3kShares
सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, पुस २६ गते छैटौँ वार्षिक सभा आह्वान
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०।८१ का लागि सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ।

बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ७ प्रतिशतले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले सभा यही पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ। सभाले लाभांश अनुमोदन गरेपछि शेयर धनीहरूले पाउनेछन्।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १२ गतेसम्मका कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?