National life

सहकारी प्रकरण: छविको बयान पश्चात् रवि कि लीला ? यस्तो छ सम्भावित आधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
1.4kShares
सहकारी प्रकरण: छविको बयान पश्चात् रवि कि लीला ? यस्तो छ सम्भावित आधार
ncell

काठमाडौँ । आज गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको बयान जारी छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा जोशीको बयान मंगलबार पनि जारी रहने भएको छ ।

उक्त प्रकरणका प्रतिवादीसँग कास्की जिल्ला अदालतले सोमबारदेखि बयान लिन थालेको हो। पहिलो दिन छविलालको बयान नसकिएकाले आज दोस्रो दिन पनि सोही निरन्तर रूपमा जारी रहने अदालतले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छविपछि रवि लामिछानेको हुन्छ भन्ने यकिन नभएको जिल्ला अदालत अन्तर्गत सूचना विभागको भनाई छ । ‘आज अर्को प्रतिवादीको बयान पक्कै सुरु हुन्छ तर कसको भन्ने कुरा अहिले भन्न सकिन्न’सूचना अधिकारीले भने

‘पक्राउको रोल क्रमअनुसार नै बयान लिने कुरा कायम रह्यो भने आज लीला पछाईंको बयान पनि सुरु हुन सक्ने छ । आवश्यकताको आधारमा हेरिएको खण्डमा मात्रै रविको पालो पर्ने छ तर यो विषयमा इजलासले निर्णय गर्ने कुरा हो भएकोले यकिन हुन बाकी रहेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेपछि रवि लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन गरिसकेका छन्। तर उनको पार्टी रास्वपाले भने यो कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालत जाने सार्वजनिक रूपमा टिप्पणी गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?