काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ आज १८.०६ अङ्कले घटेर नेप्से परिसूचक १८५८.५३ विन्दुमा बन्द भएको हो ।
आइतबार ४७ अङ्कले बढेको सेयर बजार त्यसपछि भने लगातार चार दिनसम्म घटेको छ ।
अघिल्लो कारोबारको दिन कुल एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ ।
बजार घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको हो । आज सर्वाधिक कमाउनेतर्फ रुरु हाइड्रो र छिमेक लघुवित्त रहेका छन् । उक्त कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।
आज म्युचुअल फन्ड उपसूचक मात्रै ०.११ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचकमा गिरावट आयो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७३ प्रतिशतले घट्दा फाइनान्स उपसूचक १.५९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.५६ प्रतिशत घटेको हो।


































