National life

शेयर बजारमा गिरावट: ८ उपसूचक राताम्य परिसूचक २९२३ बिन्दुमा, कारोबार कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
1.1kShares
शेयर बजारमा गिरावट: ८ उपसूचक राताम्य परिसूचक २९२३ बिन्दुमा, कारोबार कति?
ncell

काठमाडौँ । निरन्तर रुपमा बढेको शेयर बजारमा साताको तेस्रो कारोबारका दिन आज करेक्सन देखिएको छ। दिनभरीको उतार—चडाब आएको शेयर बजार दोहोरो अकंले घटेको हो ।

केहि विश्लेषले ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारप्रति गम्भिर आपत्ति जनाएका कारण लगानीकर्ताको मनोबल कमजोर हुन गएको समेत उल्लेख गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुँजी बजार जुवा घर रहेको र साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित नहुने तर्क राखेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१८ अकंले घटेर २९२३.४६ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ।

मंगलबार पाँच उपसूचकमा मात्र हरियाली देखिएको छ । यसदिन बैंकिङ समूहको ०.४५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, जीवन बीमा समूहको ०.५४ प्रतिशत र व्यापार समूहको ०.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

शेयर बजार घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ८० वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?