National life

वर्षको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट, तीन अर्ब ६ करोड ३७ लाखको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
644Shares
वर्षको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट, तीन अर्ब ६ करोड ३७ लाखको कारोबार
ncell

काठमाडौँ । २०८१ साल र यस साताको पहिलो शेयर बजारमा गिरावट आएको छ । शेयर बजारमा वर्षको पहिलो कारोबारका दिन नै लगानीकर्ताको विश्वासमा ढोका पुगेको छ ।  यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ ।

आइतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर २०३३ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर बजारमा तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका उपसूचकमध्ये चार उपसूचकको शेयर कारोबार बढेको छ । अन्य सम्पूर्ण उपसूचकहरू चाहिँ राताम्मे भएका छन् । शेयर बजार घटेता पनि केही कम्पनीहरूको शेयर मूल्य चाहिँ बढेको छ ।

शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त, सबैको लघुवित्त, पोखरा फाइनान्स र माहुली लघुवित्तको शेयर मूलय वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?