काठमाडौं । साताको पहिलो कारोबार अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.२९ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ ।
आज कम्पनीको ६ करोड ९५ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड १५ लाख ६१ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।



































